+
+

सरकारी वकिलको कार्यालयले छाड्यो एलओडीका सञ्चालकलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते २३:०७

१८ असार, काठमाडौं । नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) मा नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका दुई सञ्चालक थुनामुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउनु नपर्ने राय दिएपछि एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लव श्रेष्ठलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले अनलाइनखबरलाई बतायो ।

जिल्ला प्रहरी परिसर, ललितपुरले ३० जेठमा एलओडी क्लबबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोगमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा नाबालिगलाई क्लब छिर्न दिएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले दुवै सञ्चालकलाई बालबालिकासम्बन्धी ऐन–२०७५, दफा ६६ को उपदफा २ को (क) र (ख) बमोजिम पक्राउ पूर्जी लिएको थियो।

क्लब काठमाडौंको क्षेत्रमा पर्ने भएको र छुट्टै मुद्दा भएको भन्दै थप अनुसन्धानका लागि ललितपुर प्रहरीले काठमाडौं प्रहरीको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?