+
+

प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली प्रकट गर्न बालुवाटार पुगे कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १२:१६

काठमाडौं । कलाकारहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेपाल संगीतकार संघको पहलमा दुई दर्जनभन्दा बढी कलाकार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहाल परिवारलाई समवेदना व्यक्त गरे ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संगीतकार संघका अध्यक्ष चेतन सापकोटासहितका कलाकार शुक्रबार बिहान बालुवाटार पुगेका थिए । अभिनेत्री रेखा थापा पति बलराम शाहीसँगै पुगेकी थिइन् । निर्देशक शोभित बस्नेत, गायिका कोमल वली, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्री, गायक प्रेमराजा महत, कलाकार संघका महासचिव सविन श्रेष्ठ लगायत त्यहाँ पुगेका थिए ।

उनीहरुले सीता दाहालको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिए भने प्रधानमन्त्री प्रचण्ड, छोरीहरु रेणु र गंगाप्रति समवेदना व्यक्त गरे । ‘मुलुकको आमूल परिवर्तनको लागि सीता दाहाल विशेष व्यक्तित्व हुनुहुन्छ । नेपाली समाजमा आमाको विम्बको रुपमा हुनुहुन्छ । आमनारी भएर क्रान्तिमा होमिनुभयो । उहाँ सहर त पस्नुभयो तर सहर उहाँमा पसेन । सिंहदरबार त पस्नुभयो तर उहाँभित्र सिंहदरबार पसेन । बालुवाटार त पस्नुभयो तर उहाँभित्र बालुवाटार पसेन,’ संगीतकार सापकोटाले भने ।

निर्देशक शोभित बस्नेतले आफू कुनै पार्टीमा आबद्ध नभए पनि सीता दाहालको योगदानबाट प्रभावित भएको बताए । प्रधानमन्त्री पत्नी दाहालको गत मंगलबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । सोही दिन राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो ।

तस्वीर सौजन्य : गोपकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?