+
+

भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस् : अमरेश कुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १४:५०

२९ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उनी भन्छन, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।’

नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागको शन्देश शर्माको अडियो मिलेको भन्दै विषय आएको समेत उनले उल्लेख गरे । को सँग मिलेको भने खुलाएनन् ।

‘…अथेन्टिक भनेर पुलिसले विज्ञप्ती जारी गर्यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन ?’ उनको प्रश्न छ ।

शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उनको प्रश्न छ । ‘किनकी त्यहाँ नेताहरुको नाम छ । नेताहरुलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उनले भने ।

मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उनले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

अन्यथा दुवै रिर्पोट आफूसँग भएको उल्लेख गर्दै उनले सब सांसदलाई वितरण गर्न तया रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?