+
+

डोनाल्ड लूले अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १९:१७

२९ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भेट गरेका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।

शुक्रबार मात्र काठमाडौंका आएका लूले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?