+
+

नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजन, वर्षमा २५ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १५:१२

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ दिनेछ ।

युवा तथा खेलकुद मन्त्री लिम्बुले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए । नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै मन्त्री लिम्बुले प्रशंसा गरे । नेपाली खेलाडीले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गरेको उनले बताए ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस सम्झौताले महिला सशक्तिकरणमा सहयोग गर्ने र भविष्यमा फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताइन् ।

एन्फा अध्यक्ष नेम्वाङले सम्झौतालाई ऐतिहासिक भन्दै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने बताए । ‘एन्फाले महिला र पुरुष फुटबल टिमलाई समान सुविधा (मासिक रकम) प्रदान गर्दै आएका छौं’, उनले भने ।

नेम्वाङले महिला फुटबलको विकासमा एन्फाले योजना बनाएर अघि बढेको र मिसन महिला विश्वकप अभियान २०२७/२०३१ सुरु गरिसकेको बताए । ‘यो सम्झौताले नेपाली महिला फुटबलमा नयाँ अध्यायको सुरुवात भएको छ । नेपालको महिला विश्वकप खेल्ने लक्ष्यमा पनि यसले सहयोग गर्नेछ’ उनले भने ।

नेपाली महिला टिमले भर्खरै बंगलादेश विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ र आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९ औं एसियन गेम्सको तयारीमा छ ।

युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो सम्झौताले सहयोग पुग्ने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?