+
+

शंकास्पद वस्तु भेटिएको सिनामंगलका घर धनी भन्छन्– पाँच लाख माग्दै धम्की आएको थियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १२:४२

३ साउन, काठमाडौं । शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका हुन् ।

आफूले दिन नमानेपछि आफ्नो घर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको उनको भनाइ छ ।

सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

सीसीटीभी फुटेजमा एक व्यक्तिले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको छ । सीसीटीभी फुटेजको आधारमा एक जना संन्दिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र वरपरका पसल बन्द थिए । सेनाको टोलीले निष्कृय पारेपछि पसलहरु खुलिसकेका छन् । गौशाला प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?