+
+

सिनामंगलमा राखिएको शंकास्पद वस्तुमा विस्फोटक पदार्थ भेटिएन : सेना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १२:५८

३ साउन, काठमाडौं । सिनामंगलमा भेटिएको शंकास्पद वस्तुमा विस्फोटक पदार्थ फेला नपरेको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको पाइएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीले भर्खरै शंकास्पद वस्तु डिस्पोज गरेको छ, त्यसक्रममा त्यहाँभित्र विष्फोटक पदार्थ फेला परेन ।’ विष्फोटक पदार्थ नभेटिएपछि सेनाको टोली डिस्पोज गरेर फर्किएको छ ।

अहिले सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गराएको छ । शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहरी वृत्त, गौशालाको टोलीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन् । ‘गौशाला वृत्तमा राखेर उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ’, रिजालले अनलाइनखबरसँग भने ।

बुधबार बिहान सिनामंगलस्थित खोटाङ्ग हलेसी ज्वेलर्सको सटर तल ‘नेपाल उत्थान क्रान्किारी पार्टी’को नामबाट पर्चासहित शंकास्पद वस्तु राखिएको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुदको नाम राखिएको’ भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?