+
+

एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशलको उत्कृष्ट बलिङ, एक्लैले लिए ६ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १३:१३

३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।

खेलमा पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।

खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारे ।

कुशलसहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?