+
+

भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १८:२९

३ साउन, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको छ । बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ । तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?