+
+

केही समय फोहोरको व्यवस्थापन घरमै गर्ने व्यवस्था मिलाउन महानगरको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १८:३८

४ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अनुरोध गरेको छ ।

उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो ।

‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरको फोहोर बाहिर ननिकालौं,’ सूचनामा भनिएको छ ।

फोहोर व्यवस्थापनको सन्दर्भमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरेर फोहोरको उचित तवरले घर कम्पाउण्ड भित्रै व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।

गर्मी मौसम र वर्षातका कारण शहरी क्षेत्रमा सरुवा रोग र डेंगुको प्रकोप देखा पर्न सक्ने भएकोले आफ्नो घर आँगन, टोल सफा राख्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?