काठमाडौं । दराज नेपालले २०२३ का लागि ‘महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ ।यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको छ ।
दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु प्रदान गर्ने छ । उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा, आईएमई पे र अन्य बैंकहरु मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्था गरेको छ । जसमा ग्राहकहरुले १० प्रतिशत छुट (अधिकतम रु. १०००) र १५ प्रतशित छुट (अधिकतम रु. १५००) प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी यस अभियान अन्तर्गत गिभअवे प्राइजमा पानासोनिक २७० लिटर इन्भर्टर फ्रोस्ट- फ्री डबल-डोर रिफ्रिजेरेजर, पानासोनिक ५५ इन्च ४के एचडीआर स्मार्ट एन्ड्रोइड एलईडी टिभी र पानासोनिक ८केजी फ्रन्ट लोड वासिङ मेसिन समावेश रहेको कम्पनीले जनाएको छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम ३ हजार ५०० रूपैयाँको प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ ।
दराजकी मार्केटिङ हेड विधा प्रधानले यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने बताइन् ।
दराजले महाबचत बजार अभियानमा ग्राहकलाई अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी पनि गरेको छ । सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडसँग साझेदारी गरेको कम्पनीले जनाएको छ ।
दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग साझेदारी गरेको छ ।
दराजका अनुसार ग्राहकले अब सेटाफिलमा फ्ल्याट १५ प्रतिशत, मामाअर्थमा १५ प्रतिशत, हुन्डाइमा ३७ प्रतिशत, कोनकामा ३० प्रतिशत, मसलब्लेजमा ४० प्रतिशत र गोल्डस्टार फुटवेयरमा ४० प्रतिशतसम्म छुट पाउने छन् । यस्तै वानप्लसबाट फ्री डेलिभरी र एक्सक्लुसिभ भौचरहरू प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4