+
+

गोपालमानको प्रश्न : खाँणलाई थुनामा जानबाट बचाउन सकिन्थ्यो, किन रोकिएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १७:२१

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पुर्पक्षमा जानबाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन भनि पार्टीमा प्रश्न उठाएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले भने,‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन ?’

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँण पुर्पक्षका लागि थुनामा छन् ।

खाँणले गल्ती गरेको/नगरेको निर्णय नआएको बताउँदै श्रेष्ठले पुर्पक्षमा जसलाई पनि राख्न सकिने बताए । उनले भने, ‘पुर्पक्षमा गयो भन्दैमा त्यसलाई दोषी ठान्नुहुँदैन ।’

खाँणको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल नगर्न श्रेष्ठले आग्रह गरे । निर्दोष भएर खाँण निस्कने अपेक्षा सबैले राख्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?