+
+

सुन तस्करी प्रकरण : भन्सारका थप एक कर्मचारी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते ११:४८

६ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।

भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।

यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित केही व्यक्ति जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?