काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित बहुचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ले शुक्रबार नेपाली बक्सअफिसमा ५८ लाख ग्रस (३८ लाख ४५ हजार नेट) कमाइ गरेको छ ।
सीमित मल्टिप्लेक्समा मात्र रिलिज भएको सिलियन मर्फी स्टारर यो फिल्मको यो कमाइ निकै आक्रामक हो । शुक्रबार राजधानीका मल्टिप्लेक्समा बिहानैदेखि ‘ओपेनहाइमर’का शोज खचाखच थिए ।
शुक्रबार नै रिलिज भएको अर्को हलिउड फिल्म ‘बार्बी’ले भने अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । रायन गोस्लिङ स्टारर यो फिल्मको शुक्रबारे कमाइ जम्मा १२ लाख रुपैयाँ ग्रस छ ।
नेपाली फिल्म ‘बगान’को दोस्रो शनिबारसम्मको कमाइ २८ लाख ४१ हजार नेट कलेक्सन छ । फिल्मको यो कमाइको जानकारी चलचित्र विकास बोर्डले दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4