+
+

ट्वीटरमा अब डिएम गर्दा पनि शुल्क तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:२८

काठमाडौं । गत वर्ष ट्वीटर कम्पनी खरीद गरेयता एलन मस्कले ट्वीटर प्लाटफर्मका नियमहरुमा धेरै परिवर्तन गरिसकेका छन् । त्यसमध्ये एउटा प्रमुख परिवर्तन भनेको ट्वीटर ब्लू सब्सक्रिप्सन हो ।

ट्वीटरमा भेरिफिकेसन ब्याच अर्थात् ब्लु टिक लिनका लागि मासिक शुल्क तिर्नुपर्ने यो नियमका कारण ट्वीटर आलोचित बनिरहेको मात्र होइन यसका प्रयोगकर्ताको संख्या समेत ओरालो लागिरहेको बताइन्छ । यद्यपि ट्वीटरले ब्लू टिकसँगै ट्वीट एडिट गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

घट्दो प्रयोगकर्ताको संख्या तथा कम्पनीको गिर्दो आर्थिक अवस्थाका कारण एलन मस्कले ट्वीटरमा आम्दानी बढाउने अनेक उपायहरुको खोजी गरिरहेका छन् । यसबीचमा उनले ट्वीटर प्लाटफर्मको एक अर्को सेवामा समेत शुल्क असुल गर्ने तयारी गरेका छन् । एलन मस्कले ट्वीटरमा डाइरेक्ट मेसेज अर्थात् डिएम गर्नका लागि समेत शुल्क तिर्नुपर्ने नियम लागू गर्दैछन् ।

वास्तवमा एलन मस्कले ट्वीटर डिएमलाई पनि ट्वीटर ब्लू सर्भिसभित्रै आबद्ध गर्दैछन् । यसको अर्थ अब भविष्यमा ट्वीटरमा शुल्क तिरेर निलो टिको नलिएका प्रयोगकर्ताहरुले आफूले चाहेजति डाइरेक्ट मेसेज पठाउन अर्थात् डिएम गर्न पाउने छैनन् । ट्वीटर ब्लूको शुल्क नतिरका प्रयोगकर्ताले दैनिक रुपमा गर्न पाउने डिएमको लागि सीमा तोकिनेछ र त्यसभन्दा बढी डिएम उनीहरुले गर्न पाउने छैनन् ।

ब्लू सब्सक्रिप्सनमा डिएमलाई आबद्ध गर्ने तथा अन्य साधारण अकाउन्टलाई डिएममा सीमा निर्धारण गर्ने कार्य ट्वीटरले शुक्रबारदेखि नै सुरु गरेको जनाएको छ । तर निलो ब्याच नभएका साधारण प्रयोगकर्ताले दिनमा कतिवटा सम्म डिएम गर्न पाउने हुन् भन्ने चाहिँ खुलाइएको छैन । यसअघि यो फिचरलाई जुलाई १४ मै परीक्षणको रुपमा लञ्च गरिएको थियो । एक हप्ताको परीक्षणका क्रममा ट्वीटरमा स्पाम मेसेजमा उल्लेख्य कमी आएको दाबी ट्वीटरको छ ।

ट्वीटरमा स्पाम मेसेजमाथि लगाम लगाउन यस्तो निर्णय लिइएको दाबी मस्कको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?