+
+

मैले टिकट पाएपछि पार्टीकै एउटा तप्का हराउन लागे : विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:३१

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भनेर लागेको दाबी गरेका हुन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भने । चौधरी ४ मंसिरमा भएको चुनावमा नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।

नयाँ पार्टीहरुले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उनले सुनाए ।

उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भएपनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाए ।

‘राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन्’, चौधरीले भने

मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?