+
+

विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:००

७ साउन, काठमडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षमा १२ प्रतिशतको लक्ष्य लिएकोमा लक्ष्यको ५० प्रतिशत पनि नपुगेकोमा चालु आर्थिक वर्षमा ११.५ प्रतिशतको लक्ष्य लिएको हो ।

यस्तै विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान केन्द्रीय बैंकले गरेको छ ।

यो वर्षको मौद्रिक नीतिले कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लिएको छ ।

यस्तै बजेटको सुझाव अनुसार मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएको मौद्रिक नीतिले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?