+
+

शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १५:३७

७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’

यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

१४ औं महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?