+
+

राजदूत रेग्मीलाई प्रश्न : प्रधानमन्त्रीको इटाली भ्रमणबाट नेपालले के फाइदा लिन सक्छ ?

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० साउन ७ गते २१:३०

बार्सिलोना । अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले प्रधानमन्त्रीको इटाली भम्रणबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि अझ मुखरित हुने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ मा सहभागी हुन हाल इटालीमा छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीको इटाली भम्रणबाट नेपालले के फाइदा लिन सक्छ भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘यहाँबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको इमेज अझ मुखरित हुन्छ। अझ राम्रो हुन्छ।’ संयुक्त राष्ट्रसंघ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधिसमेत रहेका रेग्मीले भने ।

उनले कृषिमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाउने सहयोगमा अभिवृद्धि हुने विश्वास समेत ब्यक्त गरेका छन्।

‘सम्मलेनमा कृषि क्षेत्रमा भएका प्रगतिहरुको बारेमा नेपालले आफ्नो अनुभव अन्तर्राष्ट्रिय क्षेत्रमा सेयर गर्न सक्छ’, राजदूत रेग्मीले भने । इटालीमा प्रधानमन्त्रीले महत्वपूर्ण तीन वटा कार्यक्रममा भाग लिने तय भएको छ । जुलाई २४ मा २ वटा सम्बोधन र २५ मा एउटा सम्बोधन रहेको छ।

अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दैछन्। हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।

इटालीमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सम्मेलनमा भाग लिन आएका विभिन्न देशका राष्ट्रअध्यक्ष तथा सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्रीको भेटघाट गर्ने कार्यक्रम रहेको राजदूत रेग्मीले बताए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ७ : ३० मा रोम आइपुगेका छन्। कुटनीतिक रुपमा इटालीलाई नेपाली राजदूतावास स्वीट्जरल्याण्डले हेर्दै आएको भएपनि प्रधानमन्त्रीको भम्रणको व्यवस्थापन भने नेपाली राजदूतावास भियनाले गरेको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?