+
+

ह्वाट्सएपको नयाँ फिचर : अब सुरुमै १५ जनालाई जोडेर भिडियो कल गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १०:०७

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लाटर्फममा नयाँ फिचर थप गरेको छ । जसअनुसार अब एकैपटकमा १५ जना व्यक्तिलाई जोडेर भिडियो सुरु कल गर्न सकिनेछ । भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिनेछ ।

ह्वाट्सएपको यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सन 2.23.15.14, 2.23.15.10, 2.23.15.11 र  2.23.15.13 मा उपलब्ध रहेको बताइएको छ ।

यसअघि ह्वाट्सएपको ग्रुप भिडियो कल सुरु गर्दा केवल ७ जनासम्म मात्र जोड्न सकिन्थ्यो । जसलाई बढाएर १५ पुर्‍याइएको हो ।

यदि तपाईं पनि ह्वाट्सएपको यो नयाँ फिचर प्रयोग गर्न चाहनुहुन्छ भने स्मार्टफोनको गुगल प्ले स्टोरमा गएर ह्वाट्सएपको बिटा प्रोग्राममा जोडिन सक्नुहुन्छ । यसमा आबद्ध भएसँगै ह्वाट्सएपले परीक्षण गरिरहेका सबै नयाँ फिचर प्रयोग गर्न सकिन्छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै एक नयाँ अपडेट जारी गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो स्मार्टवाचबाटै ह्वाट्सएपको कुनै पनि मेसेजको जवाफ दिन सक्दछन् ।

ह्वाट्सएपको मेसेजको जवाफ दिनका लागि स्मार्टफोन छुन पनि आवश्यक पर्दैन । ह्वाट्सएपले यसका लागि Wear OS को अपडेट केही दिन अघि मात्र बिटा प्रयोगकर्ताका लागि जारी गरेकोमा हाल सबैका लागि उपलब्ध गराएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?