+
+

हिजाब नलगाएकी अभिनेत्रीको पोस्टर टाँसेको भन्दै इरानमा फिल्म फेस्टिभलमाथि प्रतिबन्ध

अभिनेत्रीलाई दुई वर्षको जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:४३

काठमाडौं । इरानी अधिकारीहरूले हिजाब नलगाएकी एक अभिनेत्रीको प्रचार पोस्टर राखेको भन्दै फिल्म फेस्टिभलमाथि प्रतिबन्ध लगाएका छन् । राज्य नियन्त्रित समाचार एजेन्सी आईआरएनएको विवरण अनुसार पोस्टरमा हिजाब नलगाएकी महिलाको फोटो प्रयोग गरी कानुनको उल्लंघन गरेको भन्दै आईएसएफए फिल्म फेस्टिभलको १३ औं संस्करणमा रोक लगाउने निर्णयसहितको वक्तव्य त्यहाँका सञ्चारमन्त्रीले प्रकाशित गरेका छन् ।

इरानी सर्ट फिल्म एसोसिएसन (आईएसएफए)ले सन् १९८२ मा प्रदर्शनमा भइसकेको फिल्म ‘द डेथ अफ याजद्गुर्ड’मा अभिनेत्री सुसान तस्लिमीलाई फिचर गर्ने आफ्नो आगामी सर्ट फिल्म फेस्टिभलको पोस्टर जारी गरेपछि यो प्रतिबन्ध लगाइएको हो । महोत्सव सेप्टेम्बरमा आयोजना हुने तयारी थियो ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सबै इरानी महिलाले हिजाब लगाउन अनिवार्य नियम लागू गरिएको छ । तर गत वर्षको सेप्टेम्बरदेखि ड्रेसकोड उल्लंघन गरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि महिलाले ड्रेस कोडको अवहेलना गरेका छन् ।

जुलाईको सुरुमा प्रहरीले कानुनलाई बेवास्ता गर्ने महिलाहरुलाई पक्राउ गर्न पुनः गस्ती थाल्ने बताएको थियो ।

स्थानीय सञ्चारमाध्यमले प्रख्यात इरानी अभिनेत्री अफसानेह बायगानलाई दुई वर्षको जेल सजाय सुनाएको बताएका छन् । ‘अफसानेह बायगनलाई टोपी लगाएको र हिजाब कानुनको पालना गर्न असफल भएकोमा दुई वर्षको जेल सजाय सुनाइएको छ, पाँच वर्षभन्दा बढी समयलाई निलम्बन गरिएको छ,’ फार्स समाचार एजेन्सीले लेखेको छ ।

इरानी अदालतले ६१ वर्षीया बायगनलाई ‘परिवार विरोधी व्यक्तित्व भएको र मानसिक विकारको उपचार गर्न भन्दै मनोवैज्ञानिक केन्द्रमा साप्ताहिक भ्रमण गर्न र उनको उपचार पछि स्वास्थ्य प्रमाणपत्र पेश गर्न आदेश दिएको छ ।

अदालतको फैसलामा ती अभिनेत्रीलाई दुई वर्षसम्म सामाजिक सञ्जाल चलाउन र देश छाड्न प्रतिबन्ध लगाएको जनाइएको छ । बेगनले पनि अमिनीको मृत्युपछि भएको आन्दोलनलाई समर्थन जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?