+
+

मेसिन बिग्रेपछि भरतपुर अस्पतालको सिटी स्क्यान सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:३७

९ साउन, चितवन । भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको छ ।

सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको बार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि (४ साउनसम्म) सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो । मेसिनको ग्राफिक्स कार्डमा नै समस्या आएको अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिए ।

मेसिन सप्लाइ गर्ने कम्पनीले सिंगापुरबाट सामान मगाउनुपर्ने बताएकाले कहिले सामान आउँछ यकिन नभएको खनालले बताए । भरतपुर अस्पतालले बार्षिक ५० लाख रुपैयाँ रकम भुक्तानी दिने गरी बार्षिक मर्मतका लागि हस्पिटेकसँग आर्थिक बर्ष २०७७/०७८ देखि सम्झौता गर्दै आएको छ ।

अस्पतालले आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० मा गरेर दुईपटक सम्झौता नवीकरण गरेको थियो । तर सधैं म्याद थप गर्नुभन्दा नयाँ टेण्डरमा जान उपयुक्त हुने सुझाव आएकाले सम्झौता नवीकरण नगरेको अस्पतालको भनाइ छ ।

अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०/५० जना बिरामीले सेवा लिँदै आएका थिए । २०७४ जेठमा ६ करोड ४७ लाख रुपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो ।

मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो । सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई बर्षोसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ ।

अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने भएको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?