+
+

अक्षय कुमारको ‘ओएमजी २’ लाई २० दृश्य काटेर एडल्ट सर्टिफिकेट, प्रदर्शन अझै अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १२:२१

काठमाडौं । अक्षय कुमार स्टारर बलिउड फिल्म ‘ओह माइ गड २’ यतिबेला सेन्सरको झमेलामा छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले मंगलबार फिल्म हेरेको छ । सेन्सर बोर्ड अध्यक्ष प्रसुन जोशी स्वयंले बोर्डअन्तर्गतको कमिटीमा बसेर फिल्म हेरेको जनाइएको छ ।

विवरणअनुसार उक्त कमिटीले फिल्मको २० दृश्य काटेर एडल्ट प्रमाणपत्र दिनुपर्ने निष्कर्ष निकालेको छ । साथै, बोर्डले निर्मातालाई कारण देखाऊ सूचना पनि पठाउने तयारी गरेको छ ।

तर अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन । यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ भन्ने अनुमान गर्न गाह्रो छ ।

अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।

‘ओएमजी २’ साउन २६ गते रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन । अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ ।

वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले ‘ओएमजी २’ पुनरावलोकन कमिटीमा पठाएको हो । कमिटीको जवाफपछि बोर्डले फिल्मको भाग्य तय गर्नेछ ।

यसबाहेक ओएमजी २ को ट्रेलर पनि रिलिज भएको छैन । निर्माता ‘रकी और रानी की प्रेम कहानी’ सँगै आगामी जुलाई २७ मा ट्रेलर रिलिज गर्न चाहन्छन् तर बोर्डले अहिलेसम्म फिल्म वा ट्रेलरलाई ग्रिन सिग्नल दिएको छैन । यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी’ को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?