+
+
Shares

चितवनमा घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो, यात्रु सकुशल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:४८

१० साउन, चितवन । चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् ।

‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो,’ इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले अनलाइनखबरसँग भने ।

माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो । खोलाको बाढी अहिले भने घट्दै गएको छ ।

माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन । पुलका तीनवटा स्पान मात्रै ढलान भएका छन् । बाँकी काम अधुरै छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?