+
+

दक्षिण कोरियामा प्राध्यापनरत ज्ञवालीले प्राप्त गरे अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १७:१०

११ साउन, काठमाडौं । दक्षिण कोरियाको थेगु विश्वविद्यालयमा प्राध्यापनरत नेपाली युवा डा. घनश्याम ज्ञवालीले अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका छन् ।

सिंगापुरमा भएको वैज्ञानिक तथा र अनुसन्धानकर्मी चयन गर्ने नवौं संस्करणबाट युवा वैज्ञानिक ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिकको उपाधि दिने निर्णय गरेको हो । सन् २०१२ मा रोजगार अनुमति प्रणालीबाट रोजगारीका लागि दक्षिण कोरिया गएका ज्ञवालीले भिसा परिवर्तन गरेर २०१७ बाट अध्ययन गर्न लागेका थिए ।

भौतिक शास्त्रमा विस्ससी सकेका गुल्मीका ज्ञवाली नेपालमा शिक्षक पेशा गर्दागर्दै रोजगारीका लागि कोरिया गएका थिए । ‘लामो संघर्षपछि २०१७ मा दक्षिण पूर्वमा अवस्थित थेगु सहरको थेगु विश्वविधालयमा पूर्ण छात्रवृति प्राप्त गर्न सफल भएँ,’ ज्ञवालीले भने । नेपालमा विएस्सी पुरा गर्दा सम्मको लगान र त्यसपछि देखिरहेको सपना फेरि व्युँतिएर अध्ययनमा लागेको उनले सुनाए ।

ज्ञवालीले थेगु विश्वविद्यालयमा भौतिकशास्त्रमा ‘मटेरियल्स् साइन्स एण्ड इनर्जी इन्जिनियरिङ’ ल्याबमा विद्यार्थी जीवन पसन सुरु गरेका थिए । उनले २०१९ मा स्नातकोत्त। तहको अध्ययन सकाए ।

त्यसै विश्वविद्यायलयमा ‘नवीकरणीय शक्तिका स्रोत, यसको उत्पादन, परिमार्जन तथा संचय र प्रयोग’ विषयक अध्ययन, खोज–अनुसन्धान कार्यमा संलग्न रहे । राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा खोज आलेख प्रकाशित गरेपछि उनले गत वर्ष पीएचडी सकेका थिए ।

सोही विश्वविधालयमा पोष्ट डक्टरल सिनियर रिसर्चर्सको रुपमा कार्यरत उनी हालै रिसर्च प्रोफेसर बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?