+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ठोरीको ठुटेखोलामा अस्थायी तटबन्ध बनाउन भारतीय पक्षको अवरोध

पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटेखोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्चा कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १९:५९

१२ साउन, काठमाडौं । पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटेखोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्चा कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।

ठुटेखोलामा आएको बाढीले नेपालतर्फको ठोरी बजारमा क्षति पुर्या।एपछि गाउँपालिकाको अगुवाइमा ठुटेखोलाभन्दा दक्षिण पट्टी नेपाल तर्फको भूभागमा डोजर चलाएर कच्ची कुलो बनाउने क्रममा भारतीय पक्षले अवरोध गरेको हो ।

नेपाली पक्षले बाढीबाट पुग्ने क्षति न्यूनीकरणका लागि अस्थायी तटबन्धको रूपमा कुलो बनाउने काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि विवाद भएको स्थानीय चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

विवाद समाधानका लागि दुवै पक्षका सीमा सुरक्षा अधिकारीहरू बीच शुक्रबार बैठक बसेको छ । बैठकले हाललाई नेपाली पक्षले काम अघि नबढाउने गरी मौखिक सहमति भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए। नेपाल पक्षले खनेको कुलो दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले कुलो खन्न अवरोध गरेको श्रेष्ठले बताए ।

विवादित स्थलमै बसेको बैठकमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खाती, बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक सीताराम कार्की, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ सहभागि थिए भने भने भारतीय पक्षबाट एसडीएम धनञ्जय कुमार, डीएसपी कुन्दन कुमार, एसएसबीका एसी देवा साकिया लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

बैठकमा गाउँपालिकाका अध्यक्ष लालबहादुरले श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट धमौरा गाउँपञ्चायतका मुखिया रामबिहारी महतो लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?