+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विश्वमा किन घट्यो स्मार्ट फोनको माग ? दोस्रो त्रैमासिकको बिक्रीमा भारी गिरावट

एजेन्सी एजेन्सी
२०८० साउन १३ गते १२:२२

विश्वमा स्मार्ट फोनको मागमा उल्लेख्य गिरावट देखिएको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) को प्रारम्भिक आँकडा अनुसार चालु वर्ष सन् २०२३ को दोस्रो त्रैमासिक (अप्रिलदेखि ज’नसम्म) मा विश्वमा स्मार्ट फोनको बिक्रीमा गिरावट आएको हो ।

आइडिसीका अनुसार दोश्रो त्रैमासिकमा २६ करोड ५३ लाख गोटा स्मार्ट फोन विश्व बजारमा पठाइएको छ । यो भनेको गतवर्षको सोही अवधिको शिपमेन्ट भन्दा ७.८ प्रतिशतले कम हो ।

आईडीसीका अनुसार स्मार्ट फोन बजारमा गिरावट देखिएको यो लगातार आठौं त्रैमासिक हो । कमजोर माग, मुद्रा स्फीति, व्यापक आर्थिक अनिश्चितताका साथै अतिरिक्त भण्डारणका लगायतका कारण विश्वको स्मार्ट फोन बजार कमजोर बन्दै गएको छ ।

यद्यपि गिरावटको दर अघिल्लो त्रैमासिक अवधिको भन्दा कम रहेको हुँदा केही आशा गर्ने ठाउँ रहेको पनि आईडीसीको भनाइ छ ।

रिपोर्ट अनुसार एसिया (जापान तथा चीन बाहेक), अमेरिका तथा युरोप, मध्यपूर्व तथा अफ्रिका लगायतका स्मार्ट फोनको ठूलो बजारका रुपमा रहेका क्षेत्रहरुमा स्मार्ट फोनको शिपमेन्ट क्रमशः ५.९ प्रतिशत, १९.१ प्रतिशत र ३.१ प्रतिशतले घटेको छ ।

आईडीसीको मोबिलिटी तथा कन्जुमर डिभाइस ट्रयाकर्सकी अनुसन्धान निर्देशक नबिला पोपलका अनुसार तेस्रो  त्रैमासिक अवधिमा स्मार्ट फोन बजारमा सुधार आउने अपेक्षा छ। साथै सन् २०२३ को अन्त्य तथा २०२४ को सुरुवात सम्ममा विशवको स्मार्ट फोन बजार पूरानो ससक्त अवस्थामा फर्किनेछ ।

चीनमा यसअघिका पाँचवटा त्रैमासिकमा स्मार्ट फोन बिक्रीको दरमा दोहोरो अंकको गिरावट रहेकोमा दोस्रो त्रैमासिकमा गिरावट दर केवल २.१ प्रतिशत कायम भएको छ ।

आईडीसीको मोबाइल फोन विभागका अनुसन्धान निर्देशक एन्थोनी स्कार्सेलाका अनुसार सन् २०२३ को पहिलो अर्धवार्षिकले बजारमा विभिन्न चुनौती पेस गरेको भए पनि दोस्रो त्रैमासिकले भने धेरै अवसरहरु पर्खिरहेको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?