+
+

६५ लाख रुपैयाँमा बिक्यो एप्पलको जुत्ता

एजेन्सी एजेन्सी
२०८० साउन १४ गते १०:२२

हामीले एप्पल भन्ने बित्तिकै आइफोन बनाउने कम्पनी भनेर चिन्छौं । तर कुनै समयमा एप्पलले फोन तथा कम्प्युटर मात्र होइन जुत्ता पनि बनाएको थियो ।

एप्पलले उत्पादन गरेको त्यहीँ दुर्लभ जुत्ता ६५ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

एप्पलले सन् १९९० को दशकमा नेसनल सेल्स कन्फ्रेन्सका क्रममा आफ्ना कर्मचारीहरुलाई सो जुत्ता दिएको थियो । एप्पलको इन्द्रेणी लोगो रहेको उक्त जुत्ता सेतो रङको छ भने यसको साइज १०.५ रहेको छ ।

एप्पलले केवल आफ्ना कर्मचारीहरुका लागि मात्र उत्पादन गरेका जुत्ता बिक्रीका लागि बजारमा भने कहिल्यै उपलब्ध गराएन । त्यहीँ विशेष जुत्तामध्येको एकजोर जुत्ताको हालै लिलामी भएको हो र त्यसलाई एक खरिदकर्ताले ५० हजार डलर अर्थात् करिब ६५ लाख रुपैयाँ मूल्य तिरेका छन् ।

सोथबी नामक लिलाम कम्पनीले उक्त जुत्ताको लिलामी गरेको हो । ती जुत्ता कसैले पनि प्रयोग नगरेको अवस्थाका भए पनि निकै पुरानो भएको हुँदा केही दाग भने लागेको छ ।

बक्समा रहेका जुत्तामा एकजोर रातो रंगका अतिरिक्त तुना पनि रहेका छन् ।

हुनत ती जुत्ता एप्पल आफैंले बनाएको भने होइन । जुत्ता उत्पादनका लागि एप्पलले आमेगा स्पोर्टस्सँग साझेदारी गरेको थियो । पछि एप्पलले जुत्ताका लागि आफ्नो ब्रान्डिंग होन्डा तथा ब्राउनजस्ता कम्पनीहरुलाई पनि दिएको थियो ।

स्मरण रहोस् केही हप्ताअघि मात्रै एप्पलको पहिलो आइफोन १९ लाख डलरमा लिलामी भएको थियो ।

यद्यपि एप्पलका जुत्ता महँगो मूल्यमा लिलामी भएको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा यस्तै एकजोर जुत्ता ८७५० डलरमा लिलाम भएका थिएभने सन् २०२१ को मार्चमा अर्को एकजोर जुत्ता १३७५० डलरमा लिलामी गरिएको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?