+
+
Shares

दिल्ली किताब जात्राको तेस्रो संस्करण सम्पन्न, पठनको संस्कृतिलाई प्रवर्द्धन गर्न जोड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १९:१७

१५ साउन, काठमाडौं । किताब यात्रा फाउन्डेशनले आयोजना गरेको साहित्य महोत्सवका रुपमा परिचित दिल्ली किताब जात्राको तेस्रो संस्करण सम्पन्न भएको छ।

दिल्लीको हौजखासस्थित पीएचडी च्याम्बर अफ कमर्शको अडिटोरियममा रोचक सत्रहरुसहित सम्पन्‍न भएको हो । यस वर्ष तेस्रो संस्करणमा साहित्य, नेपाल भारत सम्बन्ध अनि सफल व्यवसायीहरुका कथा सम्बन्धी व्यापक छलफल गरिएको छ।

किताब पठनको संस्कृतिलाई प्रवर्द्धन गर्न सुरू गरिएको किताब जात्रा महोत्सवको तेस्रो संस्करणमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए ।

यस्तै नेपालका लागि पूर्वभारतीय राजदूतहरु रन्जित रे र मन्जिव सिंह पुरीलगायत विशेष अतिथिका रुपमा उपस्थित रहेका छन् । समारोहमा वरिष्ठ पत्रकार टिकाराम यात्री, साहित्यिक श्रष्टाहरु नयनराज पाण्डे, विप्लव प्रतीक, सरस्वती प्रतीक्षा, वसन्त बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो। समारोहमा भारत-नेपाल सम्बन्ध, उद्यम र साहित्य सम्बन्धी ३ वटा सत्रका साथै कविता वाचन कार्यक्रम पनि गरिएको थियो ।

४ वटा सत्र अन्तर्गत पीएचडीसीसीआई भारत-नेपाल केन्द्रका नोडल कोअर्डिनेटर अतुल ठाकुरले सञ्चालन गरेका थिए । पहिलो सत्रमा भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा, नेपालका लागि पूर्व राजदूतहरु रन्जित रे, वरिष्ठ पत्रकार कादम्बिनी शर्मा, लेखक दीपक एसजेबी राणा, एआईडीआइएका अध्यक्ष जय निशान्त, सम्पादक एवं अनुवादक अनुराग बस्नेतले समय अनुसार भारत-नेपाल बीचका सम्बन्धहरुलाई वर्तमान समयसापेक्ष र विश्व परिदृश्य अनुसार बदल्नुपर्ने बताएका थिए ।

त्यसको जवाफमा राजदूत शंकरप्रसाद शर्माले भारत-नेपाल सम्बन्ध अब आर्थिक विकासको पक्षमा अगाडि बढिरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डको भ्रमणमा युपीआई र जलविद्युत जस्ता कैयौं मुद्दामा सम्झौता भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली साहित्यको विकासका लागि नेपालीमा लेखिएका रचनाहरुलाई अनुवाद गरी विश्व समुदायसम्म पुर्‍याउनुपर्नेमा उनीहरूको जोड थियो ।

पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको अर्थव्यवस्था र उद्यमशीलता उद्यमको बाटो विषयक सत्रमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्षले उद्यमशीलतामा सफलताका सूत्रहरु बताएका थिए ।

यस्तै ‘जीवनमा आख्यान र आख्यानमा जीवन’ विषयक तेस्रो सत्रमा भने साहित्य सम्बन्धी चर्चा गरिएको थियो। अल इण्डिया रेडियो नेपाली विभागका पूर्वप्रमुख विष्णुबहादुर गुरुङले सञ्चालन गरेको छलफलमा आख्यानकार नयनराज पाण्डे, कवि सरस्वती प्रतीक्षा र लेखक तथा पत्रकार बसन्त बस्नेतले सहभागिता जनाएका थिए ।

किताब जात्राको अन्तिम सत्रमा प्रसिद्ध कवि विप्लव प्रतीक र भारतका प्रसिद्ध मिडियाकर्मी इरफानबीच मानव जीवनमा साहित्य, कला-संस्कृति र मनोरञ्जनको महत्वबारे छलफल भएको थियो ।

कार्यक्रमको सुरूवातमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, नेपालका लागि पूर्वराजदूतहरु रन्जित रे र मंजीव सिंह पुरी, एआईडीआइएका चेयरमेन जय निशान्त, कवि एवं लेखक नारायण प्रसाद होमागाईले पनि सम्बोधन गरेका थिए ।

समारोहमा सम्बोधन गर्दै किताब जात्राका फेस्टिवल डाइरेक्टर ऋषिराम अधिकारीले पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ गठित किताब यात्रा अन्तर्गत अहिले नेपालमा किताब जात्राको ५औ संस्करण र दिल्लीमा तेस्रो संस्करण आयोजना गर्न सफल भएको भन्दै छिट्टै लण्डनमा आयोजना हुने बताए ।

समारोहमा दिल्लीमा अध्ययन पश्चात् सीए उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । किताब जात्रा फेस्टिवलका मुख्य सल्लाहकार सीए भरत रिजालले कार्यक्रमको समापनअघि कवि विप्लव प्रतीक, बसन्त बस्नेत, नयनराज पाण्डे, कवयित्री सरस्वती प्रतीक्षा सहित दिल्लीमा अध्ययनरत केही विद्यार्थीले कविता सुनाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?