+
+

सरकार र प्रमुख प्रतिपक्षीले संसदलाई बन्दी बनाए : रास्वपा सांसद परियार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १९:५८

१५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभालाई बन्दी बनाएको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले उच्च स्तरीय छानबिन समिति बनाउन नचाहने सरकार र बनाउनैपर्ने प्रमुख प्रतिपक्षी दलको अडानले संसद बन्दी बनेको बताएका हुन् ।

‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिने अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन । सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ । हामीले सरकारले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् भनेका छौं, सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ’ उनले भने ।

सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरु परिरहेको सांसद परिवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?