+
+

बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने

भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:१२

१६ साउन, काठमाडौं । भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् ।

उनले २-४ भदौसम्म नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ ।

बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।

चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथावाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ ।

उनले शाश्वतधाममा कथावाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?