
१६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ साउनमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ एजेन्डा थप गरिएको छ ।
केन्द्रीय सदस्यहरुले एजेन्डा थप गर्न माग गर्दै निवेदन दिएपछि एन्फाले ९ बुँदा थप गरेर यसको जानकारी मंगलबार केन्द्रीय सदस्यहरुलाई गराएको छ ।
केन्द्रीय सदस्य रवीन्द्र चन्दले ६, रुपेश अधिकारी पेमा डोल्मा लामाले ५-५ तथा अनिल मल्लले ३ बुँदा थप गर्न माग गर्दै निवेदन दिएका थिए ।
तर चन्द र अधिकारीले थप गर्न माग गरेको गत फागुन १७ गते बसेको कार्यसमिति बैठकको निर्णय उपर छलफल, कतार विश्वकप २०२२ को टिकट र आन्तरिक अडिट रिपोर्ट तथा मल्लले माग गरेको एन्फा महासचिव बर्खास्ती सम्बन्धी एजेन्डा भने थप गरिएको छैन ।
चन्द, अधिकारी र मल्लले थप गर्न माग गरेकोमध्ये २-२ एजेन्डा समावेश गरिएको छ । यस्तै पेमा डोल्माले थप गर्न माग गरेको पाँच वटै एजेन्डा थप भएको छ ।
९ बुँदा थप गरिएपछि अब कूल एजेन्डा २० पुगेको छ । यसअघि एन्फाले विधिसहित ११ एजेन्डामा छलफल हुने जनाएको थियो ।
एन्फा बैठकका लागि थप गरिएको ९ वटा एजेण्डा
१. सांगठानिक संरचना र कर्मचारी सम्बन्धमा ।
२. एन्फा बजेट २०८०/०८१ सम्बन्धमा ।
३. अखिल नेपाल फुटबल संघको विधान संशोधन बारे ।
४. नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र महिला राष्ट्रिय फुटबल टिमको समान पुरस्कार राशीबारे ।
५. एन्फा महिला एकेडेमी संचालनबारे ।
६. महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिताबारे ।
७ महिला रेफ्रि तथा प्रशिक्षकको संख्या वृद्धिको लागि रणनीतिबारे ।
८. महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको पुरानो बाँकी पुरस्कारबारे ।
९. नयाँ सदस्य जिल्ला फुटवल संघ गठनबारे ।
एन्फा महासिचव किरण राईले साउन १० गते सदस्यहरुलाई पठाएको एजेन्डा सूची
१. साफ यू-१९ च्यम्पियनशिप आयोजना बारे ।
२. जिल्ला लिग, शहिद स्मारक वि, सि र महिला लिंग लगायतको प्रतियोगिताहरुको खेल नियमावली लगायत मापडण्डहरु बारे ।
३. महिला फ्रेन्चाईज लिगको सञ्चालनको अधिकार / फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राईटस सम्बन्धि बोलपत्र स्वीकृती बारे ।
४. संघको आपतकालिन समिति बैठकले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे ।
५. श्री नेशन कपको प्रथम पुरस्कार अमेरीकी डलर ५०००/- खेलाडीहरुलाई वितरण गर्ने बारे ।
६. संघको आ. वा २०७९ / ०८० को लेखा परिक्षकको छनौट बारे ।
७. विशेष साधारण सभा / नियमित साधारण सभाको मिति निर्धारण गर्ने बारे ।
८. खरिद तथा मुल्याङ्कन समिति बारे ।
९. राष्ट्रिय खेलाडीहरुको औषधि उपचारको भुक्तानी सम्बन्धमा ।
१०. एन्फा कर्मचारीहरुको २०८० साउनदेखि सेवा सुविधा वृद्धि सम्बन्धमा ।
११. विविध ।
प्रतिक्रिया 4