+
+

आइफोन १५ : डिस्प्ले र चार्जिङ पोर्टमा हुनेछ यस्तो परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १९:३०

१७ साउन, काठमाडौं । एप्पलले गतवर्ष सेप्टेम्बरमा ल्याएको आफ्नो आइफोन १४ प्रो सिरिजमा डिस्प्ले नचमा परिवर्तन गरी डाइनामिक आइल्याण्ड फिचर ल्याएको थियो ।

कम्पनीले पनि यसमा नयाँ परिवर्तन गर्दैछ । एप्पलले आफ्नो आगामी आइफोन १५ सिरिजमा डिस्प्ले नच लाई पूर्णरुपमा समाप्त गर्नेछ । अर्थात् आइफोन १५ सिरिजका सबै फोनमा डिस्प्ले नच नहुने र सबैमा डाइनामिक आइल्याण्ड फिचर रहने बताइएको छ ।

यसअघि आइफोन १४ सिरिजमध्ये प्रो मोडेलमा मात्रै डाइनामिक आइल्याण्ड फिचर थियो र आइफोन १४ तथा १४ प्लसमा डिस्प्ले नच नै कायम राखिएको थियो । तर, आइफोन १५ मा भने सबै मोडेलमा डिस्प्ले नच हट्नेछ र आइल्याण्ड फिचर हुनेछ ।

डाइनामिक आइल्याण्ड भनेको एप्पलको स्क्रिनको सबैभन्दा माथिल्लो ठाउँमा रहेको पिल्स आकारको भाग हो, जसमा जसमा फ्रन्ट क्यामेरा हुनुका साथै नोटिफिकेसन अलर्ट पनि देख्न सकिन्छ ।

यसमा नोटिफिकेसन हेर्नुका साथै यसबाट म्युजिक कन्ट्रोल गर्ने लगायतका काम पनि गर्न सकिन्छ । डाइनामिक आइल्याण्डमा फेस आइडी सेन्सर पनि राखिएको हुन्छ ।

आइफोनको फुलस्क्रिन मोडमा डिस्प्ले नचका कारण केही भाग छेकिने हुन्छ । तर, आइल्याण्ड फिचरसँगै नचले डिस्प्लेको भाग छोप्ने समस्या हुँदैन र आइफोन प्रयोगकर्ताले पूर्णरुपमा स्क्रिनको फाइदा लिन सक्दछन् ।

आइफोनलाई कम्प्याक्टका साथै डिस्प्लेको साइज बढाउनका लागि एप्पलले यस्तो कदम उठाउन लागेको बताइएको छ ।

आइफोन १५ मा डिस्प्लेमा हुने सो परिवर्तनका साथै युएसबी टाइप सी पोर्ट पनि पहिलो पटक राखिएको हुनेछ ।

यो मोडेलका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । आइफोन १४ तथा आइफोन १४ प्लसमा १२ मेगापिक्सेलको क्यामरा राखिएको थियो भने आइफोन १४ प्रो मा ४८ मेगापिक्सेलको क्यामरा थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?