+
+

त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १९:५४

१७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ ।

स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

यस्ता क्रियाकलापले त्रिविको शैक्षिक गुणस्तर र छविमा ह्रास आउने स्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘त्रिवि सेवा आयोगबाट भएका विज्ञापनबाट शिक्षक कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा पहल नगर्नु र अर्कोतिर त्रिवि ऐन, नियम विपरीत करारमा रहेका शिक्षक/कर्मचारीलाई स्थायी नियुक्ति गर्नु सत्ता शक्ति र पदको दुरुपयोग गर्नु हो’, ओझाले भनेका छन् ।

स्ववियुले प्रतिस्पर्धात्मक बाटोबाट त्रिवि सेवा अयोगमा प्रवेश गर्न योग्य जनशक्तिलाई निरुत्साहित गर्ने र विश्वविद्यालयको शैक्षिक गुणस्तर धरासायी बनाउने काम नगर्न पनि स्ववियुले खबरदारी गरेको छ ।

सेवा आयोगबाट पदपूर्ति नगरी आंशिक करार हुँदै स्थायी गराउने परीपाटीले आर्थिक चलखेल तथा राजनीतिक पूर्वाग्रहपूर्ण ढंगले शिक्षक र कर्मचारी भर्ती हुने स्ववियुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?