+
+
Shares

‘ब्लु बस’ रवि लामिछानेको भोटको सस्तो राजनीति : एमाले महासचिव पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते ११:५९

१८ साउन, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि नि:शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका छन् ।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ,’ उनले भनेका छन्, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो ।’

ब्लु बस निःशुल्क सञ्चालनबारे सामाजिक सञ्जालमा सर्वसाधारणले समेत नि:शुल्क बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?