 
																			१९ साउन, काठमाडौं । वैदेशिक रोजगार सम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग वैदेशिक रोजगार विभागले कर्मचारी विवरण माग गरेको छ ।
यस्तो संस्थाले तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्तो विवरण माग गरेको हो ।
विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनले समेत अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पालना नगरेको पाइएको विभागले जनाएको छ ।
विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण ७ दिन भित्र बुझाउन भनेको छ ।
कर्मचारी विवरण अध्यावधिक नगरे यस्तो संस्थालाई कारवाही हुने विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4