+
+

सीटीईभीटीको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा भदौमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १४:१५

१९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।

सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि-डिप्लोमा तहको भर्नाको लागि यहि २०, २४ र २६ गते सञ्चालन हुने प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने जनाएको छ ।

सीटीईभीटीले डिप्लोमा÷प्रमाणपत्र तहको छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान, पूर्ण शुल्कीय तर्फको भदौ ६ गते र प्रि-डिप्लोमा तहको छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते सञ्चालन हुने जनाएको छ ।

सीटीईभीटीले प्रवेश परीक्षाको आवेदन खुलाएपछि चिकित्सा शिक्षा आयोगले सामान्य चिकित्सा (एचए), नर्सिङ, फार्मेसी, ल्याबलगायत विषयमा सिट निर्धारण नभएको भन्दै विद्यार्थीलाई भर्ना नहुन आग्रह गरिसकेको छ ।

आफु खुशी चिकित्सा शिक्षाको कार्यक्रमहरुको सिट निर्धारण गर्नुको साथै सम्बन्धन दिएकोले प्रवेश परीक्षाको लागि आवेदन नदिन चिकित्सा शिक्षा आयोगले सूचना सार्वजनिक गरेको छ ।

परिषद्ले गैरकानुनी रुपमा प्रवेश परीक्षाको लागि आवेदन खुलाएको र भर्ना गरे गराएमा ती विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्ता समेत नहुने आयोगले चेतावनी दिएको छ ।

साथै भर्ना प्रकृया अगाडी बढाएको खण्डमा सीटीईभीटी माथि कानुनी कारवाही अगाडी बढाउने जनाएको छ । यहि बीच सीटीईभीटीले भने अहिले तोकिएको प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने सूचना सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?