+
+
Shares

संसद्‌मा जवाफ दिँदै गृहमन्त्री

संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ खोजेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १२:१२

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद‌्मा आज जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।

संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ खोजेका छन् ।

नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ नदिए संसद्मा अवरोध गर्ने चेतावनी समेत दिएका थिए ।

यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।

यो विषयमा सांसदहरूले सरकारको जवाफ मागेपछि गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?