+
+

निष्क्रिय कर्जा व्यवस्थापन गर्दा १० प्रतिशतले बढ्यो एनआईसी एशिया बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १४:१९

२१ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले १० गत आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशतले नाफा बढाएको अपरिस्कृत वित्तीय विवरण प्रकाति गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ अर्ब ६५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकको स्व–पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी) १७.०७ प्रतिशत रहेको छ । यस्तै बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा पुगेको छ । यस्तै मूल्य आम्दानी अनुपात १९.७४ गुणा छ ।

असार मसान्तमा ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको साधारण जगेडा कोषमा १४ अर्ब ३९ करोड र सञिचत मुनाफा करिब ३ अर्ब ७० करोड पुगेको छ ।

बैंकिङ क्षेत्रमा कर्जा असुलीमा दबाब भएर बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.८० प्रतिशत छ । बैंकले कर्जा असुलीमा आक्रमक रुपमा लाग्दा बैंकले लिलामीमा निकालको धितो बिक्री नभएको सकारेको छ । जसका लागि १ अर्ब २५ करोड ७४ लाख रुपैयाँ बैंकले नियामकीय जगेडामा छुट्याएको छ । जसले गर्दा बैंकको लाभाँश बाँड्न सक्ने क्षमता भने गत वर्षको मुनाफबाट बढाउन सकेन । बैंकले गैर बैंकिङ सम्पत्ति बिक्री गरेपछि भने उक्त रकमबाट लाभांश बाँडन सक्छ । प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफबाट लाभांश बाँड्न नपाएको बैंकले करिब ३२ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिन्छ ।

बैंकले असार मसान्तसम्म ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७१ अर्ब ५९ करोड कर्जा लगानी गरेको छ । बैंकले आव २०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक पुर्‍याएको जनाएको छ । कुल कर्जा लगानीमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको बैंकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?