+
+

यौन दुर्व्यवहारका आरोपी घलेलाई थप ५ दिन हिरासतमा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते २१:१२

२१ साउन, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सोनाम घ्याम्चे घले (लामा धुन्डुप) थप ५ दिन हिरासतमा रहने भएका छन् ।

नेपाल प्रहरीको स्वयम्भु वृत्तले उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको वृत्तका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । अनधिकृत रुपमा बालगृह सञ्चालन गरेर बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घलेलाई १० साउनमा पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार एक जना बालिकाले जबरजस्ती करणी र ४ जनाले बाल यौनदुरुपयोगको आरोपमा उजुरी दिएका छन् ।

यस प्रकरणमा थप जाहेरी आउन सक्ने देखेर प्रहरीले घलेमाथिको अनुसन्धान जारी राखेको हो ।

उद्दार गरेकाहरुको व्यवस्थापन

बालगृहमा यौन दुव्र्यवहारमा परेको र अन्य गरी उद्दार गरेका ५७ बालिका तथा बालगृहमा बस्ने ४५ बालकहरुको व्यवस्थापन भएको छ । बालबालिकाको लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालका अनुसार उद्दार गरेका सबै बालबालिकाहरु व्यवस्थापन भएको हो ।

‘५७ बालिकाहरुको सिविनको सेफ हाउसबाट महानगरभित्र रहेका विभिन्न सेफ हाउसमा राखिएको छ, तत्काल उनीहरुलाई बालमैत्री वातावरणमा शिक्षा दिक्षाको लागि महानगरसँग समन्वय गरेर व्यवस्थापन गरिएको छ’, सिलवालले भने ।

स्नो मञ्जुश्री आश्रममा रहेका ४५ जना बालकहरुमध्ये ४४ जना बालकहरुलाई परिवारिक पुनर्स्थापना गरिएको छ । ‘एक जना बालक भने अभिभावकविहीन अवस्थाका रहेछन्, उनलाई तत्कालको लागि अस्थायी संरक्षणकर्तासँग राखिएको छ’, उनले भने ।

घलेले बालबालिकालाई शिक्षादीक्षा दिन भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका नाममा स्नो मञ्जुश्री नामक संस्था दर्ता गरेका थिए । उनले ४ पुस २०७० मा कम्पनी दर्ता गरेका थिए ।

गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मञ्जुश्री स्कुल’ नामक बालगृह चलाउने भने पनि उनले त्यसो नगरी स्वयम्भूस्थित आनन्दकुटी विद्यालयसँगको सहकार्यमा बालगृह सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?