
२३ साउन, काठमाडौं । भारी वर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्र पनि डुबानमा परेको छ ।
काठमाडौंमा सोमबारदेखि नै अविरल वर्षा भएपछि विभिन्न क्षेत्रमा डुबान भएको हो । यहाँका सामाखुसी, बसपार्कको विष्णुमतिलगायतका क्षेत्रमा डुबान भएको छ ।
विष्णुमति, वाग्मती र धोबीखोलामा पानीको बहाव उच्च छ ।
काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको थियो । वर्षाले नदी र खोलाहरुमा बाढी आएको हो ।
बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4