+
+

अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १२:०५

काठमाडौं । सन् २००७ मा रिलिल भएको फिल्म ‘वेलकम’का मजनु भाइ र उदय शेट्टी त तपाईंलाई याद नै होला । अनिल कपुर र नाना पाटेकरले यी पात्रमा ज्यान भरेका थिए । फिल्मलाई दर्शकले उत्साहपूर्वक रुचाएपछि निर्माताले सन् २०१५ मा यसको दोस्रो सिक्वेल ‘वेलकम ब्याक’ ल्याए । अब यसको तेस्रो शृंखलाबारे चर्चा सुरु भएको छ ।

‘वेलकम’का दुवै शृंखला अनिश बज्मीले गरेका थिए भने तेस्रो शृंखलाको निर्देशकको जिम्मेवारी अहमद खानले लिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा अनिल कपुर र नाना पाटेकरको ठाउँमा सञ्जय दत्त र अरशद वारसी भित्रिएका छन् भने अक्षय कुमार पनि यो फिल्ममा शीर्ष भूमिकामा हुनेछन् । ‘वेलकम ब्याक’मा अक्षयको ठाउँमा जोन अब्राहम थिए ।

समाचारअनुसार फिल्मका निर्माता फिरोज नाडियावाला र अहमद खानबीच निकै राम्रो बन्डिङ हुने गरेको छ । अहमदले यसअघि फिरोजकझ ‘फूल एन फाइनल’को निर्देशन गरिसकेका छन्, जुन फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

‘वेलकम ३’ एक्सन-कमेडी जनरामा बन्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?