+
+

१०० वर्ष पुगेका जेष्ठ नागरिकको तथ्यांक संकलन गर्दै महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १४:५४

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले १०० वर्ष पुगेका वृद्धवृद्धाको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

महानगरपालिकाले १०० वर्ष पूरा भएका जेष्ठ नागरिकलाई ‘साथी महानगर’ कार्यक्रम सञ्चालन गर्ने भन्दै सबै वडामा विवरण संकलनको लागि पत्र काटेको छ ।

१०० वर्ष पूरा भएका जेष्ठ नागरिकहरु जीवित देवीदेवताको स्वरुप भएको भन्दै साथी महानगर कार्यक्रम सञ्चालन गर्न लागेको महानगरका सामाजिक विकास विभागका प्रमुख गोपाल पोखरेलले बताए ।

‘असोजदेखि कार्यक्रम सुरु हुन्छ होला, जेष्ठ नागरिकलाई कसरी सम्मान गर्न सकिन्छ र महानगरको अभिभावक बन्न सक्छन् भन्ने विषयमा छलफल चलिरहेको छ,’ पोखरेलले भने ।

महानगरको स्वर्णिम योजना अन्तर्गत साथी महानगगर सञ्चालन गर्न ५ दिनभित्र सबै वडालाई विवरण पठाउन मंगलबार महानगरले पत्र काटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?