+
+

६ विद्यार्थी संगठनको चेतावनी : संघीय शिक्षा ऐन रोक्न खोजे प्रतिवाद गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १९:४८

२५ साउन, काठमाडौं । विद्यार्थी संगठनहरुले सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेकामा धन्यवाद दिँदै यही कानुनमार्फत शिक्षामा निजीकरण रोक्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले बिहीबार संयुक्त विज्ञप्ति निकालेर संघीय शिक्षा ऐन छिटो पास गरेर शिक्षामा निजीकरण रोक्नैपर्ने बताएका हुन् ।

‘शिक्षा जस्तो आम नागरीकको मौलिक अधिकारको प्रत्याभूति गराउनको लागि नेपाल सरकार यसको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ । शिक्षामा भइरहेको निजीकरणको अन्त्य र सवैको पहुँचमा गुणस्तरीय सार्वजनिक शिक्षाको सुदृढिकरणको पक्षमा हाम्रो संघर्ष निरन्तर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गर्दै प्रस्तावित ऐन रोक्न कुनै खालका अवरोध र षड्यन्त्रहरु भएमा त्यसको कडा भन्दा कडा प्रतिवाद गर्ने चेतावनी समेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौं’, उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

नेपालको संविधानको धारा ३१ मा आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क उल्लेख गरिएको भन्दै विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा व्यापारीकरण र माफियाकरण रोक्नुपर्ने बताएका छन् ।

निजी विद्यालय सञ्चालकहरुले संघीय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलन घोषणा गरेकामा पनि विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । शैक्षिक संस्था बन्द गरेर कलिला बालबालिकाको मष्तिस्कमा असर पार्न नपाइने उनीहरुको धारणा छ । ‘विद्यालयमा अध्ययनरत कलिला वालवालिकाको वालमस्तिष्कमा असर पर्ने बन्द हड्ताल जस्ता क्रियाकलापहरु गर्न उद्त स्वयम् शैक्षिक संस्था संचालकहरुको यो निन्दनीय कार्यप्रति संयुक्त विद्यार्थी संगठनहरु घोर आपत्ति प्रकट गर्दछौं’ उनीहरुले भनेका छन् ।

विद्यालय शिक्षा विधेयकमा ५ वर्षभित्र गुठीमा जानुपर्ने व्यवस्था राखिएपछि निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका थिए ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?