+
+
फ्राइडे रिलिज :

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १२:२९

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् ।

रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज भएको ‘गदर’को दोस्रो शृंखलामा सनी देओल फेरि आफ्नो जबर्जस्त एक्सन अवतारमा प्रस्तुत भएका छन् भने उनको अपोजिटमा अमिषा पटेल छिन् । एक्सन-ड्रामा जनराको ‘गदर २’ लाई अनिल शर्माले निर्देशन गरेका हुन् । पीजी सर्टिफिकेट पाएको फिल्मको लम्बाइ दुई घण्टा ५० मिनेट छ ।

भारतमा आक्रामक ओपनिङ गर्ने संकेत देखाएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् ।

रिलिजको केही समयअघिसम्म भारतीय सेन्सरको झमेलामा परेको अक्षय कुमार अभिनित फिल्म ‘ओह माइ गड २’ सन् २०१२ मा रिलिज भएको भएको ‘ओह माइ गड’को दोस्रो शृंखला हो । यसको पहिलो भाग बक्स अफिसमा सुपरहिट भएको थियो ।

व्यंग्य कमेडी-ड्रामा जनरामा राखिएको यो फिल्मले एडल्ट सर्टिफिकेट पाएको छ । अमित राय निर्देशित यो फिल्मको लम्बाइ दुई घण्टा ३७ मिनेट छ । अघिल्लो भाग मन पराएका दर्शकका लागि यो फिल्म प्रतीक्षित छ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘जेलर’ बिहीबार नै नेपालमा रिलिज भइसकेको छ ।

यसबाहेक हलिउड फिल्महरु मेग २, टक टु मी, ओपेनहाइमर, बार्बी र बलिउड फिल्म रकी और रानीकी प्रेम कहानी पनि नेपालमा प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?