+
+

मतदान गराएर आफ्नो जनप्रतिनिधिहरूको मूल्यांकन गर्दै सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १८:२८
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ९ मा मतदान गर्दै एक सेवाग्राही मतदाता ।

२७ साउन, जनकपुरधाम । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन् ।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग गर्दैछ ।

सचिव साहका अनुसार जनमत पार्टीका निर्वाचित स्थानीय निकायको २२ स्थानमा बिहानदेखि मतदान सुरु भएको छ भने वर्षाका कारण केही स्थानीय निकायमा मतदान प्रक्रिया ढिलो हुने भएको छ ।

मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो ।

२०८० बैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाएका छन् ।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको सचिव साहले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?