+
+

नेविसंघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी केसीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १०:४३

२८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौं जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिएका हुन् ।

यसअघिका अध्यक्ष मनिष डंगोल नेविसंघ केन्द्रीय सदस्य बनेपछि काठमाडौं जिल्ला अध्यक्ष पद रिक्त थियो । पदमा अंशुल केसीलाई जिम्मेवारी दिइएको हो ।

यसअघि अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जथाभावी जिम्मेवारी तोकेको भन्दै उनी असन्तुष्ट थिए । अध्यक्ष शेर्पाको विरोध गर्दै उनी र उनको समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनसमेत बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?