
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गरेका छन् ।
अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ ।
आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए ।
पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए ।
मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए । उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनुभएन भने म विद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनुभएन भने उभिन्छु ।’
पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए ।
शर्माले अघि भने, ‘मेरो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउँछु भन्दा गल्ती भयो भने फिर्ता लिन तयार छु ।’
प्रतिक्रिया 4