+
+

लिभरपुल होइन चेल्सी जाने भए काइसेडो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:३३

२९ साउन,  काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ ।

चेल्सीले २१ वर्षीय इक्वेडेरियन खेलाडी काइसेडोलाई ११ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।

केही दिनअघि मात्रै काइसेडो लिभरपुल जाने लगभग पक्का भएको थियो ।

लिभरपुल र ब्राइटनबीच काइसेडो अनुबन्धका लागि ११ करोड १० लाख पाउण्डमा सहमति भएको थियो । तर काइसेडोले लिभरपुल भन्दा चेल्सी नै रोजेपछि ट्वीस्ट आएको हो ।

यो अनुबन्धपछि चेल्सीले २०२३ मै दोस्रो पटक बेलायती ट्रान्सफरको कीर्तिमान तोड्नेछ ।

यसअघि जनवरीमा चेल्सीले एन्जो फर्नान्डेजलाई १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

लुटन विरुद्धको सिजनको पहिलो खेलमा काइसेडो ब्राइटनको टिममा समावेश थिएनन् । उनको अब मेडिकल हुन बाँकी छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?