+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखापत्रका पत्रकार नहटाउन प्रेस युनियनको चेतावनी

नेपाल प्रेस युनियनले मन्त्रलायलाई सम्झायो श्रमजीवी पत्रकार ऐन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १४:३२

२९ साउन, काठमाडौं । गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनप्रति नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गम्भिर आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै युनियनले संस्थानमा १५० जना भन्दा बढी पत्रकार तथा कर्मचारी करार सेवामा कार्यरत रहेपनि १२ जनालाई मात्र हटाउन मन्त्रालयले दिएको निर्देशनलाई राजनीतिक प्रतिशोधको रुपमा लिएको जनाएको छ ।

हाल करार अन्त्य गर्नेगरि मन्त्रालयले पठाएको पत्रले श्रमजीवी पत्रकारको हक र अधिकार समेत कुण्ठित भएको जनाउँदै युनियनका महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समस्या समाधानको लागि पहल गर्नुपर्नेमा नियामक निकायलाई देखाएर जिम्मेवारीबाट पन्छन खोज्नुको नियत शंकास्पद छ । ’

गोरखापत्र संस्थान व्यवस्थापकीय नेतृत्वले सुधारका प्रयास थालनी गरिरहेको बेला राजनीतिक प्रतिशोध साधेर अनावश्यक झमेला सृजना गरेर हतोत्साहित बनाउन खोजिएको त होइन भन्ने आशंका पनि युनियनले गरेको छ । हाल मन्त्रालयले हटाउन निर्देशन दिएका पत्रकार तथा कर्मचारीहरु २०७८ कार्तिक ३० गते नियुक्त भएका थिए ।

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नेुपर्ने जिम्मेवार निकायले सहजीकरण गर्नुपर्नेमा कुनै निकायको पत्रको आधारमा पत्रकारको नविकरण बदर गर्न निर्देशन दिएको प्रति यसअघि पनि सञ्चारसम्वद्ध विभिन्न निकायले विरोध गरिरहेका छन् ।

विगत २१ महिना देखि संस्थानमा काम गर्दे आएका पत्रकारको नियुक्ति प्रक्रियालाई बदर नगर्न चेतावनी दिदै युनियनले यसलाई विधिसम्बत बनाउने दायित्व मन्त्रालय र संस्थानको रहेको स्पष्ट पारेको छ । साथै श्रमजीवि पत्रकारलाई सेवाबाट हटाउने प्रयास भएमा नेपाल प्रेस युनियन कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?